![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — मलेसियाको रोजगारी खुलाउनका लागि पहल गर्न नेपाली टोली जाने भएको छ।
यस विषयमा नेपाल र मलेसियाबीच यही असोज १२ र १३ गते क्वालालम्पुरमा वार्ता हुँदै छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार मलेसिया रोजगार खुलाउन नेपाली वार्ता टोली बुधबार मलेसिया जानेछ।
मलेसिया रोजगारीका नाममा विभिन्न अवैधानिक संस्थाले कामदारबाट मोटो रकम असुल्न थालेपछि सरकारले विगत तीन महिनादेखि मलेसियामा कामदार पठाउन प्रतिबन्ध लगाएको छ।
मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख कृष्ण ज्ञवालीको संयोजकत्वमा वार्ता टोली मलेसिया जान लागेको हो।
टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका सहसचिव र मलेसियास्थित राजदूतावासबाट दुई जना कर्मचारी सहभागी हुनेछन्।
टोलीले श्रम सम्झौताका विषयमा छलफल गर्नेछ।
— अन्नपूर्ण
FACEBOOK COMMENTS