![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौ – मलेसियाले नेपाली कामदार लैजानेबारे द्विपक्षीय समझदारी (एमओयू) गर्न औपचारिक प्रस्ताव पठाएको छ ।
मलेसियाको परराष्ट्र मन्त्रालयमार्फत आएको एओयूको मस्यौदा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा आइपुगेको हो ।
चारदिन अघि नै मलेसियाले पठाएको एमओयूको मस्यौदामा छलफल सुरु भएको मन्त्रालयका अधिकारीले बताएका छन् । पछिल्लोपटक नेपालले उठाएका श्रमिकका मुद्दाहरुमा अधिकतम् सम्बोधन हुने गरी मलेसियाले एमओयूको प्रस्ताव गरेको ती अधिकारीले जनाएका छन् ।
नेपालले भिसा प्रक्रियामा अवैधानिक र एकपक्षीय संयन्त्रहरु खडा गरी ठगी गरिएको भन्दै मलेसियमा कामदार पठाउन रोकेको दुई महिना बढी भइसकेको छ ।
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले एओयूमार्फत नै नेपालसँग उत्पन्न असमझादी र समस्या हटाएर नेपालबाट कामदार आपूर्ति सुचारु गर्ने बताइसकेकका छन् ।
FACEBOOK COMMENTS