काठमाडौं, वैशाख ३१ । एलन मस्कले आँफैले बढाएको बिटक्वाइनको मूल्य घटाएका छन् । उनले टेस्ला कार किनेपछि दिनुपर्ने भुक्तानी बिटक्वाइन भएपनि हुने नियम ल्याएका थिए ।
तर, हिजो एक्कासी उनले एउटा ट्वीट गरे, ‘टेस्लाको कार किनेपछि दिने भुक्तानीमा अबदेखि बिटक्वाइन चल्दैन् ।’ उनको यही एक ट्वीटले बिटक्वाइनको मूल्यमा भारी गिरावट आएको छ ।
संसारका दोस्रो धनाड्य मस्क विद्युतीय कार कम्पनी टेस्लाका मालिक हुन् । यतिबेला बिटक्वाइनको मूल्यले आकाश छुनुमा मस्कको ठूलो हात छ ।
प्रतिक्वाइन २० हजार डलर वरिपरि घुमिरहेको बिटक्वाइनको मूल्य मस्कले ५४ हजार डलरसम्म पुर्याएका थिए । तर, यतिबेला आएर वातावरणमा बिटक्वाइनले नराम्रो असर पार्ने भन्दै उनले बोली फेरेपछि मूल्य पनि घटेको छ ।
यसको मूल्य ५४ हजार ८११ डलरबाट घटेर ४९ हजार ९८२ डलरमा आइपुगेको छ । जुन, एकै दिन आएको ६ हजार डलरको गिरावट हो । बिटक्वाइनको मूल्य घटेर ४५ हजार डलरसम्म आएपनि पछि फेरी केही प्रतिशत उकालो लागेको थियो ।
FACEBOOK COMMENTS