एक महिनामै दोब्बर पुग्यो आलुको भाऊ, अझै बढ्नसक्ने
काठमाडौँ, साउन ९ – मौसमी उत्पादन र आपूर्ति व्यवस्थामा अवरोध आएका कारण बजारमा तरकारीको मूल्य उच्च रुपमा बृद्धि भएको छ । भान्सामा सबैभन्दा धेरै खपत हुने तरकारीहरुमा ५ गुणासम्मको मूल्यबृद्धि देखिएको हो ।
बजारमा सबैभन्दा धेरै खपत हुने तरकारीको रुपमा रहेको आलुको भाऊ एकै महिनामा दोब्बरसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कले अघिल्लो महिनाको तुलनामा तरकारीको भाऊ ४४१.६७ प्रतिशतलेसम्म वृद्धि भएको देखाएको छ ।
बजार विकास समितिको तथ्याङ्क अनुसार गत असार ९ गते १२ रुपैयाँ प्रतिकेजी रहेको मुलाको मूल्य श्रावण ९ गते मूल्यमा ४४१.६४ प्रतिशले वृद्धि भई ६५ रुपैयाँ पुगेकोे छ । त्यस्तै, काउली २४८.४८ प्रतिशत, वन्दागोवी २१६.६७ प्रतिशत, सिमी १५७.५८ प्रतिशत र आलु शत प्रतिशतले वृद्धि भएको छ ।
गत महिना काउली प्रतिकेजी ३३, वन्दा गोवी १२, सिमी ३३ र आलु ३५ रुपैयाँ प्रतिकेजी रहेकोमा यस महिना क्रमशः काउली ११५, बन्दा ३८, सिमी ८५ र आलु ५९ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
उक्त मूल्य कालिमाटी फलफूल तथा तरकारी बजारमा नै तोकिएको थोक(होलसेल)मूल्य हो । बाहिरी खुद्रा बजारमा अझ यो भन्दापनि बढी मूल्यमा फलफूल तथा तरकारीको कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS