काठमाडौं, चैत १७ – सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातमा रोक लगाएको छ ।आइतबार बसेको मन्त्रीपरिषद बैठकले ५० हजार डलर९६० लाख० भन्दा बढी मूल्यका सवारी साधन आयातमा रोक लगाएको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री डा। युवराज खतिवडाले बताए ।
सरकारले सुन आयातको सीमा पनि १० किलोमा झारेको छ । यसअघि बैंकहरुले दैनिक २० किलो सुन आयात गर्दै आएका थिए । नेपालमा वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउँछन् ।
त्यसै गरी सरकारले मदिरा, मरिच, सुपारी, केराउ, छोकडाको आयातमा पनि रोक लगाएको जनाएको छ ।
FACEBOOK COMMENTS