कार्तिक ३,२०७६ प्रधानमन्त्री के पि शर्मा ओलीको कुटिल चालका कारण नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको छ । गुटको राजनीति गर्न माहिर नेकपा अध्यक्ष ओलीले एक पछी अर्को गर्दै पूर्व माओवादी गुटकालाई सकाउने रणनितीका साथ कुटिल चाल चाल्न थालेको सुईको प्रचण्डले पाएपछि अब ओलीसँग सहकार्य गर्नुको औचित्य नहुने भन्दै उनी पार्टी अलग्याउने रणनितीमा लागेको बुझिएको छ ।
मुख्यतया कृष्ण बहादुर महरालाई सभामुखबाट हतार हतार राजिनामा दिन लगाई फसाउन खोजेकामा प्रचण्ड ओली देखी झनै रुष्ट बन्न पुगेको श्रोतको दावी छ । उत्तरी छिमेकसँग निकै राम्रो सम्बन्ध भएका महराको सरकार हेरफेरको बिषयमा अडियो टेप सार्वजनिक भए पछी ओलीले महरालाई जसरी पनि हटाई छाडने मनशुवा बनाएको र प्रचण्डलाई एमसीसीको कारण देखाई चिनिया राष्ट्रपतिको भ्रमणमा असर पर्न सक्ने भन्दै महरालाई राजिनामा दिन वाध्य पारेको रहस्य बाहिरिए पस्चात पूर्व एकिक्रित माओवादी पक्षधरहरु ओली देखी रुस्ट बनेका छन । प्रम ओलीको कार्तिक २ मा कान्तिपुरमा प्रकाशित अन्तर्वातामा उनको पेचकसपूर्ण भनाइले उनले आफ्नो खुट्टामा स्वयमले बन्चरो हाने सरह हुँदैछ ।
ओलीको आफ्नो धुर्त स्वभावका बारेमा आफू स्वयमले अन्तर्वाताबाट इंकीत गरे पस्चात प्रचण्डले उक्त छदम टिप्पणीलाई आफुलाई लगार्ने चालको रुपमा लिएका छन । मै बाठो, मै टाठो भन्ने ओलीको बोली र ब्यवहारबाट प्रचण्ड निक्कै चिढिदै गएका छन । सि चिनपिङको भ्रमणको चाजोपाजो मिलाएका महरालाई होली वाईन पक्ष धरको इशारामा फसाएको भन्दै उनले भित्रभित्रै ओलीको शक्ति उन्मादलाई निस्तेज पार्न कांग्रेस सभापतिसँग गोप्यवार्ता गरेको चर्चा छ । सबैले १७ हजार मान्छे मारे भन्ने तर सामाजिक एबम राजनीतिक परिवर्तनलाई आत्मसात नगर्ने र आफ्नो नेत्रित्वमा भएको कुटनितिक प्रयास र सुधारका कामको जस पनि नदिने भए पछि प्रचण्ड अब जति मिल्न खोजे पनि पूँजीवाद र रुखो स्वभावकासँग नसकिदो रहेछ भन्दै नयाँ विकल्पका बारेमा शस्लेसणमा रहन थालेको बुझिएको छ ।
काम गर्न खोज्दा सधैं भाजो हाल्न खोज्ने, प्रगतीपथमा हिडन खोज्यो आफ्नो शुद्ध सिद्धान्त अनुरुप विकास योजना हुँबहु लागु गर्नै नपाईने, केही नयाँ गर्न खोज्यो कि शंका र इर्श्याको दृष्टिले हेर्ने, पूँजीवादको दलाली गर्दै चाक्लुसी लाउने जस्ता अराजकताका कारण आफु आजित भएको प्रचण्डले बताउने गरेको उनी निकट स्रोतको दावी छ ।
FACEBOOK COMMENTS