काठमाडौं,फागुन ५ – पुर्बसभामुख कृष्णबहादुर महराको सुन्वाइ शुरु भएको छ । महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज सोमबार हुदैंछ ।
मुद्दाको सुनुवाई हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रै हुने काठमाण्डौ जिल्ला अदालतले जनाएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सकिएको हो
यो संगै काठमाण्डौ जिल्ला अदालतमा महरा समर्थकको बक्लो उपस्थिती रहेको छ । समर्थकहरु न्यायलयले महराको पक्षमा निर्णय दिनेमा आसाबदी रहेका छ ।
संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको थियो । महरा गएको कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा रहेका छन् ।
FACEBOOK COMMENTS