काठमाण्डौं —उपत्यकामा बढ्दै गएको सवारी पार्किङ समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले उच्च प्राविधिक क्षमताको स्वचालित पार्किङस्थल निर्माण गर्ने भएको छ।
डिजाइन फाइनान्स बिल्ड अपरेट एन्ट ट्रान्सफर (डीएफवीओटी)को अवधारण अनुरुप महानगरले स्वचालित पार्किङस्थल निर्माण गर्न लागेको हो।
यसका लागि शनिबार १५ दिनको म्याद दिएर एक्सप्रेसन अफ इन्ट्रेस (ईओआई) माग गरिएको छ।
महानगरपालिकाका निजी साझेदारी इकाइ निर्देशक महेश काफ्लेले पार्किकस्थल निर्माण गर्दा डिजाइनमा आउने समस्याले काममा अबरोध नहोस् भनी डीएफवीओटी मोडलमा निर्माण गर्न लागिएको जानकारी दिए।
महानगरले निर्माण गर्न लागेको पार्किङ डिजानकै कारण निर्माणमा अवरोध आउन नदिन डीएफवीओटी मोलड अघि सारिएको हो।
— अन्नपुर्ण
FACEBOOK COMMENTS