काठमाडौँ, पुस १७ – कोरोना भाइरसको महामारीले विश्व प्रभावित भएको एक वर्ष भन्दा बढि भयाे । सन् २०१९ काे अन्त्यमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखियो।
वुहानपछि विभिन्न शहरहुँदै काेराेना कहरले पूरा विश्वलाई गाँज्याे । संक्रमणले बिस्तारै महामारीको रुप लिँदै गयो ।
कोरोना भाइरस संक्रमणका कारण विश्वले नै वृहत स्तरको (स्वास्थ्य, आर्थिक, सामाजिक) समस्या खेप्नु पर्यो। लामो समयसम्म मुलुक बन्द भए। जसबाट नेपाल पनि अछुतो रहन सकेन।
मानिसहरु त्रसित भए। विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्य विदहरुले सामाजिक, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुन पानीले हात धुने लगायत सरसफाइमा ध्यान दिन सुझाव दिएका थिए। त्योसँगै परीक्षण र कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउनु पर्ने उनीहरुले बताएका थिए।
तर नेपाल सरकारले कोरोना भाइरस सम्बन्धी जनकारीमुलक सूचना सर्वसाधारण समक्ष सही रुपमा पुर्याउन सकेन। उनीहरुलाई बुझाउन सकेन के हो कोरोना भाइरस ? यो कसरी सर्छ ? यसको संक्रमणबाट बच्नका लागि के कस्ता उपायहरु अपनाउन जरुरी छ? यही कुरा सर्वसाधारणलाई बुझाउन सरकारलाई लामो समय लाग्यो। कतिपयले त अझैसम्म पनि बुझेका छैनन्, यस्ता सुरक्षाका मापदण्डहरुबारे।
कोरोना भाइरस संक्रमण फलिनु नेपालका लागि चुनौतिपूर्ण थियो। कोही संक्रमित भइहालेको खण्डमा उनीहरुको उपचार तथा सम्भावित व्यक्तिलाई राख्नका लागि क्वारेन्टाइनको व्यवस्थापन कहाँ गर्ने भनेर सरकार अन्याैलमा थियो।
विकसित देशहरु कोरोना भाइरसको सामना गर्न प्रयाप्त मात्रामा पूर्वाधारहरु थिए। तर त्यो नेपालका लागि सम्भावना बाहिरको कुरा थियो।
चीनको वुहानबाट नेपाल फर्किएका एक युवकमा कोरोना भाइरसको संक्रमण देखियो। नेपालमा कोरोना भाइरसको पहिलो ‘केस’ फेला पर्दासम्म पनि सरकार व्यस्थापनको तयारी तर्फ लागिसकेको थिएन।
पहिलो केस फेला परेको दुई महिनापछि दोस्रो केस फेला पर्यो। सरकारले देशभर लकडाउनको घोषण गर्यो चैत ११ गतेबाट। त्यसपछि सामान्य गतिविधिदेखि लिएर, रोजगारी, व्यापार–व्यावसाय सबै क्षेत्र एकपछि अर्को गर्दै प्राभावित भए।
त्यस्तै लकडाउन भएसँगै विदेशमा बसेका नेपालीहरुको नेपाल आगमनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइयो। तर पनि रोजगारीका लागि भारत पुगेका नेपालीहरु हुल बाँधेर नेपाल फर्किए। उक्त समयमा संक्रमितको उपचारका लागि सीमित सरकारी अस्पतालहरु तोकिएको थियो। अनि क्वारेन्टाइनका लागि पनि केही ठाउँहरु।
भारतबाट ठूलो संख्यामा नेपाल फर्किएकाहरुलाई व्यवस्थित क्वारेन्टाइनमा राख्न सरकारलाई हम्मे-हम्मे भयो। आफूले नसक्ने भएपछि केन्द्रले उक्त जिम्मेवारी प्रदेश सरकारलाई दिएको थियो। क्वारेन्टाइनको व्यवस्थापन नहुँदा कतिले ज्यानै समेत गुमाउन बाध्य भए। नेपालका लागि त्यो सुरुवाति अवस्था थियो। जुन बेला कोरोना भाइरस संक्रमितको संख्या न्यून थियो। तर मानिसहरुमा डर धेरै थियो।
सर्वसाधारणमा डर धेरै भएपनि बिरामीको उपचारका लागि खटिन डाक्टर, नर्स, स्वास्थ्य कर्मचारी सधैँ तयार भइरहे। संक्रमणका कारण उत्पन्न हुने सक्ने भयावह स्थितिको सामना गर्न उनीहरु तयार थिए। र त्यो उनीहरुले गरेरै छोडे।
लकडाउनका कारण मानिसहरु घर भित्रै बस्न थाले। कतिपयका लागि यो बाध्यता बन्यो। आर्थिक, सामाजिक, मानसिक समस्या समेत खेप्नु पर्यो। तर बिस्तारै मानिसहरु उत्पन्न भएको त्यो डर अहिले कम हुँदै गयो। उक्त समयमा संक्रमणको दर भने बढ्दै गएको थियो।
यो समस्या नेपालले मात्र नभएर विश्वले नै खेपिरहेको छ। कोरोना भाइरसले महामारीको रुप लिएदेखि अहिलेसम्ममा थुप्रै कुराहरु परिर्वतन भए। तर विश्व कोरोना भाइरसको संक्रमणबाट भने अझै पनि उम्कन सकेको छैन।
बिस्तारै विश्वसगँ नेपाल पनि सामान्य अवस्थामा फर्किदै गए पनि मानिसहरुको जन–जीवन सामान्य बन्न सकेको छैन। विकशित देहरुलाई समेत महामारीको गहिरो असर परेको छ। उनीहरु आर्थिक स्थिति लामो समयसम्म स्थिर रहे। कारोबार, व्यापार–व्यावसाय ठप्प भए।
संक्रमणकै कारण कैयौँले ज्यान गुमाए। उपचारका लागि कुनै पनि प्रकारको आधिकारीक औषधि चिकित्सकले स्कृत गरेनन्। र पनि बिरामीको ज्यान बचाउनका लागि विभिन्न रोगका लागि प्रयोग गरिँदै आएका औषधिको प्रयोग गरे।
कतिपय माथि उक्त प्रयोग सफल मानियो पनि। विश्व स्वास्थ्य संगठनले भने कोरोना भाइरस महामारीको प्रभावकारी विकल्प खोप नै रहेको बताउँदै आएको छ। अहिले कोरोना भाइरस विरुद्धका लागि खोपहरु बनिरहेको छन्। चारवटा खोप अन्तिम चरणको परीक्षणमा प्रभावकारी र सुरक्षित देखिएका छन्।
कोरोना भाइरसविरुद्धको खोप बनेसँगै विश्व आशावादी बनेको छ। पछिल्लो समय विकशित देशहरुले धमाधम खोपको प्रयोग सुरु गरिरहेका छन्। यस्तै अन्य कतिपय देशले खोप प्रयोग गर्नका लागि स्वीकृति दिएका छन् भने कतिपय खोप भित्र्याउने तयारीमा जुटिरहेका छन्।
त्यही तयारीमा जुटिरहेको छ, अहिले नेपाल पनि। कोरोना भाइरसविरुद्धको खोपका सबै प्रक्रिया अगाडि बढिसकेको स्वास्थ्य मन्त्रालयको दाबी छ। नेपालमा कोरोना भाइरसविरुद्धको खोपकका लागि एक महिना अगाडि मन्त्रीस्तरीय निर्णयबाट पारित योजना अनुसार खोप ल्याउन, भण्डारण गर्न, लगाउने व्यक्तिको पहिचान लगायतका काम गर्न ८ वटा समिति गठन गरिएको थियो।
कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनको तयारी समितिका अनुसार परीक्षणको अन्तिम चरणमा पुगेका खोप विश्व स्वास्थ्य संगठनले स्वीकृति गरेसँग नेपालमा भित्रने छ। खोपको प्रभावकारिता हेरेर विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको खोप विभिन्न देशमा पनि सिफारिस गर्न सक्छ।
जसका कारण ठ्याक्कै कुन खोप नेपालमा आउँछ भन्ने सक्ने स्थिति अहिले नै नभएको समितिले जनाएको छ। जुन खोप आए पनि आफूहरु सधैँ तयारी अवस्था बसेर काम गरिरहेको मन्त्रालयले जनाएको छ।
तर खोप नेपालमा कहिलेसम्म आउँछ भन्ने टुङ्गो भने लागिसकेको छैन, अझै पनि। विकशित देशहरुले खोप लगाउन सुरु गरिहँदा विश्व स्वास्थ्य संगठनले खोप सबैको पहुँचमा हुनु पर्ने बताउँदै आएको छ।
तर नेपाल जस्ता विकासशील देशहरुका नागरिकले खोप कहिलेसम्म पाउने हुन्, यसको भने अत्तोपत्तो छैन। बेलायत, अमेरिका जस्ता विकशित देशहरुले स्वीकृति दिएका खोप शतप्रतिशत प्रभावकारी हो भन्ने कुराको अहिलेसम्म पनि कुनै टुङ्गो भने लागिसकेको छैन। बेलायतमा खोप लगाइसकेका कतिपय देशका मानिसहरुमा एलर्जी समेत देखिएको थियो। जसका कारण उनीहरुमा खोप लगाउन बन्द गरिएको छ।
कोरोना भाइरसविरुद्धको खोप नयाँ भएका कारण विज्ञहरुले यसको असर कस्तो रहन्छ भन्ने सक्ने अवस्था छैन। खोप लगाइसकेपछि कस्ता लक्षण देखापर्छन्, त्यसका बारेमा ठ्याक्कै भन्न सक्ने अवस्था छैन। तर पनि सन २०२१ सुरु भएसँगै विश्वमा खोपले भने नयाँ आशाका किरणहरु छरिदिएको छ। मानिसहरु ढुक्क भएर खोपको पखाईमा बसिरहेका छन्।
अघिल्लो वर्ष विश्वले सामना गर्नु परेको कष्टकर परिस्थिति यो वर्ष टर्नेमा सबैले विश्वाश लिएका छन्।
FACEBOOK COMMENTS