काठमाण्डौं, २७ मंसिर – महालक्ष्मीविकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका निजगढ र बानेश्वर शाखाले शनिबार पानी ट्याङकी वितरण कार्यव्रmम सम्पन्न गरेका छ । निजगढ शाखाले निजगढ न.पा. वडा नं १०, लाल स्थित पल्युल साम्तेन्लिङ गुम्बालाई गुम्बामा अध्ययनरत विद्यार्थीहरुका साथै आगन्तुकहरुलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने हेतुले गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरी ट्याङकी हस्तान्तरण कार्यक्रम आयोजना गरेको हो । गुम्वा व्यवस्थापन समितिका अध्यक्ष्य भिम बहादुर भोलनलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरिएको थियो ।
त्यसैगरि, बानेश्वर शाखाले बानेश्वर स्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी. उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई पानी ट्याङकी हस्तान्तरण गरेको छ। बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS