ललितपुर– ललितपुर महानगरपालिका वडा नम्बर ०५ स्थित महालक्ष्मीस्थान मन्दिर क्षेत्रमा आजदेखी फ्री वाई फाई सेवा सुचारु भएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर ०५ को पहलमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले उक्त स्थानमा फ्री वाई फाई सेवा उपलब्ध गराएको हो ।
उक्त स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराउने सम्बन्धमा एक सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालय र इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक बिच सो सम्झौता भएको हो । जसमा ललितपुर महानगरपालिका ०५ नम्बर वडाको तर्फबाट वडा अध्यक्ष विकासमान श्रेष्ठ र वर्ल्ड लिंकको तर्फबाट प्रमुख विजय जलानले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले फ्री वाईफाइको दुरुपयोग होइन सदुपयोग गर्दै निशुल्क रुपमा प्राप्त सेवाबाट लाभ लिन सकेमा मात्रै समाजले डिजिटल युगको विकाससँगसंगै गतिशिलता हासिल गर्ने धारणा राखेका थिए ।
कार्यक्रममा वर्ल्ड लिंकका प्रमुख विजय जलानले वर्ल्ड लिंकले बिभिन्न सार्वजनिक स्थलमा निशुल्क रुपमा नै वाईफाइ जडान गर्दै आएको अवगत गराउदै आएको र डिजिटलको बढदो माग अनुरुप सेवाको दायरालाई बिस्तार गर्दै स्तरिय सेवाप्रवाहमा दत्तचित्त भएर लाग्दै आएको बताए ।
कार्यक्रम माझ बोल्ने क्रममा ललितपुर महानगरपालिका वडा नम्बर ०५ का सल्लाहकार पुरुशोत्तम ढुङ्गानाले सार्वजनिक स्थलमा निशुल्क रुपमा उपलब्ध वाईफाईको प्रयोग सहि ढंगले भए नभएको बारेमा सरोकारवालाले निगरानी राख्न आवश्यक रहने बताएका थिए ।
FACEBOOK COMMENTS