काठमाडौं, असोज २७ – महालक्ष्मी विकास बैंकले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने कर्जाको ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट दिन निर्णय गरेको छ । बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जानकारी दिएको छ । कोरोनाभाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाइएको जनाइएको छ ।
बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुका १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS