काठमाडौं – महालक्ष्मीविकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बंैकासुरेन्स सम्झौता भएको छ ।
सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।
यस किसिमको सम्झौताबाट महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवा सहित उक्त इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जिवन बीमा लेखहरु प्राप्त गर्न,बिमा शुल्क भुक्तानी गर्न, तथा बिमा दाबी भुक्तानी सहजै रुपमा प्राप्त गर्न सक्नु हुनेछ ।
FACEBOOK COMMENTS