काठमाण्डौं — काठमाडौं– महालक्ष्मी बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा महालक्ष्मी बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौता अनुसार महालक्ष्मी बिकास बैंकले देशभर रहेका आफ्ना १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले सार्बाधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाडौंं, पोखरा र बीरगंजबाट कारोबार प्रारम्भ गरिसकेको छ ।
यहि फागुनभित्र बांकी १० वटा शाखा बिर्तामोड, इटहरी, जनकपुर, लाहान, नारायणगढ, बुटवल, दाङ, कोहलपुर, सुर्खेत र धनगढीबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।
FACEBOOK COMMENTS