मदन तिमल्सेना
तनहुँ,फागुन २२ – व्यास नगरपालिका वडा ६ नम्बरको सिसाघाटमा नै पुगेर महालक्ष्मी विकास बैकले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिकको सहजताका लागि वडा महालक्ष्मी विकास बैंकको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
यस भन्दा अगाडि ज्येष्ठ नागरिकहरु भत्ता लिनका लागि तनहुको सदरमुकाम दमौली जाने गर्दथे। बैंलले गरेको यस कार्यले धेरै सजिलो भएकाले ज्येष्ठ नागरिकहरु खुसी भएका थिए । सामाजिक सुरक्षा भत्ता गाउँमा आएर गाउँका ज्येष्ठ नागरिकहरुलाई धेरै सजिलो भएको जेष्ठ नागरिक धनराज मल्ल ठकुरीले बताए ।
त्यस वडा नम्बर ६ का वडा अध्यक्ष सुर्यभक्त भण्डारीले जेष्ठ नागरिकहरुलाई भत्ता लिन दमौली जान पर्ने र घण्टै सम्म लाईन बस्न पर्ने निकै दुख भएको देखेर बैंकसंग सहकार्य गरि वडा कार्यलयमा र सिसिघाटमा भत्ता बन्ने गरेको वताए ।
कुल लाभग्राही ५९२ मध्ये ३४२ जनालाई २ दिनमा घरदैलोमा नै भत्ता वितरण गरिएको महालक्ष्मी विकास बैंक दमौली शाखाका प्रमुख सुदिप न्यौपानेले बताए। महालक्ष्मी विकास बैंकले व्यासको ६ वडा र ९ नम्बर मा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । अन्य बैकहरु भने सुरक्षा भत्ता बढ्न गाउँ गाउँ गएको देखिदैन ।
FACEBOOK COMMENTS