काठमाडौं, कार्तिक २९ – महालक्ष्मी विकास बैंकले शुक्रबार आफ्नो १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट ९.८९% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्तावपारित गरिएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्याकरिब ५ लाखभन्दा बढी रहेको छ ।
नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदानगरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीयप्रतिवेदन अवार्ड (Best Presented Annual Report (BPA) Award) – २०१८ र साफा उत्कृष्ट वार्षिक वित्तीयप्रतिवेदन अवार्ड (SAFA Best Presented Annual Report Award) – २०१८ प्राप्तगर्न सफल बैंकले हालसम्म करिब रु. ३४ अर्ब २८ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ९४करोड कर्जा प्रवाह गरेको छ ।
FACEBOOK COMMENTS