काठमाडौं, फागुन २९- नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिदैं गर्दा विभिन्न पदका आकांक्षिहरुले उम्मेद्धारी दिने क्रम चलिरहेको छ । यसैबिच त्रिवेणी समूहका निर्देशक रामचन्द्र संघइले एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
संघई पूराना र अनुभवी उद्योगी हुन्।उनले महासंघमा आवद्ध रहेरचार कार्यकाल विताइसकेका छन्। उनले महासंघको रोजगारदाता परिषद् उपसभापतिको जिम्मेवारी समेत निभाइसकेका छन्।
त्रिवेणी समूहका नेपालमा उत्पादनमूलक र व्यापारमा अग्रणी स्थानमा रहेको छ भने यसले ८० बर्ष पहिले आफ्नो व्यवसायको सुरुवात गरेको थियो । यस समूहले नेपालमा पहिलो सिमेन्ट उद्योग विश्वकर्मा स्थापना गर्नुका साथै स्वदेशी लगानीको सबैभन्दा ठूलो घोराही सिमेन्टमा पनि यही समूहको लगानी रहेको छ ।
यस समूहले टोकला चिया, अमृत तेल, त्रिवेणी धागो, सिद्धार्थ ग्यास, बिग मुभिज लगायतका दर्जन भन्दा बढी उद्योगमा लगानी गरेको छ।
यो समूहको एनआइसी एशिया, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्सुरेन्स, सिटी सेन्टर, बिगमार्ट लगायतका दर्जनौं कम्पनीमा लगानी छ। उनी अहिले एनआईसी एशिया बैंकका सञ्चालक समिति सदस्य समेत छन्।
FACEBOOK COMMENTS