काठमाडौं, कात्तिक १९ – नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फबाट कार्यकारिणी सदस्यमा व्यवसायी अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
पौडेलले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
महासंघको ५४ औं महाधिवेशन आगामी मंसिर ११ गतेदेखि काठमाडौंमा हुदैछ । सो महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
FACEBOOK COMMENTS