काठमाडौं, पुस २- निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ। कात्तिकमा बस्ने भनिएको विशेष साधारणसभा स्थगित गरिएपछि वरिष्ठ उपाध्यक्ष नै स्वतस् अध्यक्ष बन्ने स्थिति पैदा भएको छ भने अन्य पदका आकांक्षीले पनि छलफल तीव्र पारेका छन्।
महासंघका केन्द्रीय सदस्य एवम् मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष
अरुणराज सुमार्गीले महासंघको निर्वाचन नजिकिदैं गर्दा आफु जिल्ला उपाध्यक्षमा उम्मेद्धारी दावी गर्ने बताएका छन् । उनले महासंघको जिल्ला उपाध्यक्षमा आफ्नो दावी रहने बताएका हुन् ।
जिल्लालाई केन्द्रसँग जोड्न जिल्ला उपाध्यक्षले पुलको काम गर्ने भन्दैं उनले जिल्लामा रहेका समस्या राज्य सामु राख्ने र राज्यले दिएका सहुलियत जिल्लासम्म पुर्याउन आफुले मध्यस्तताको रुपमा काम गर्ने बताएका छन् ।
हरेक जिल्लामा ४० ५० बर्ष लामो इतिहास बोकेको संगठन रहेको र स्थानिय निकाय नहुदा समेत सरकारले विश्वास गरेको उद्योग वाणिज्य महासंघको विगत स्मरण गर्दै उनले जिल्ला संगठनको छुट्टै गरिमा रहेको बताए ।