काठमाडौं, कात्तिक १९ – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि दुई समूहले उम्मेदवारी घोषणा गरेका छन्। महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको समूहले पनि उम्मेदवारी घोषणा गरेको हो।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रधानले वरिष्ठ उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। प्रधानले आफ्नो समूह उद्योगी व्यवसायीको समस्या समाधान गर्न सक्षम रहेको दाबी गरे।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरे।
FACEBOOK COMMENTS