काठमाडौं,फागुन २१- आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुल रुपमा काम गर्ने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै ढकालले सो कुरा बताएका हुन् ।
महासंघले देशमा संघियता आएपछि बनेको ३ तहको सरकारमा देखिएका द्विविधाका विषयहरूमा सरकारसँग वार्ता र संवादमार्फत समाधान खोज्ने उनको भनाइ छ । कतिपय नयाँ कानूनहरू सरोकारवालासँग छलफल नै नगरी आएकाले व्यवसायीमा द्विविधा भएको बताउँदै उनले त्यस्ता कानून व्यावहारिक नहुने बताए । सरोकारवालासँग छलफल गरी ल्याइएको कानूनको कार्यान्वयनमा सहजता हुने उनको भनाइ छ ।
FACEBOOK COMMENTS