काठमाडौं,चैत ३- नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठ महासंघमा आवद्ध रहेर १३ वर्ष विताइसकेका छन्।
श्रेष्ठ २०६३ सालमा महासंघको उद्योग समितिका सदस्य भएका थिए भने २०६५ सालमा कार्यकारिणी सदस्य बनेका थिए। उनी कर तथा राजस्व समितिका सहसंयोजक र रोजगारदाता परिषद्को सदस्य समेत भएर काम गरेका थिए । चार कार्यकाल कार्यकारी सदस्य रहेका श्रेष्ठले विभिन्न समितिको सदस्य, सहसभापति र सभापति हुँदै महत्वपूर्ण भूमिका निभाएका छन्।
उनी २०७१ सालमा महासंघ कार्यकारिणी सदस्यमा निर्वाचित भएपछि राजस्व समितिका सहसभापति भएर काम गरेका थिए ।
लक्ष्मी ग्रुपले दर्जन भन्दा बढी उद्योगरव्यवसायमा सञ्चालन गरेको छ । लक्ष्मी ग्रुपको कन्फेक्सनरी, डेरी, स्टील उद्योगमा लगानी रहेको छ भने हुन्डाई गाडीको अधिकृत बिक्रेत समेत रहेको छ ।
FACEBOOK COMMENTS