![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं – भारत भ्रमणमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नयाँ दिल्लीस्थित पूर्वी अफ्रिकी राष्ट्र गणतन्त्र सिसेल्सका राजदूत फिलिप्पी लि गल बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
सो भेटवार्तामा नेपाल र सिसेल्स बीच व्यापार तथा लगानीका सम्भाव्यता विषयमा छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।
सो अवसरमा अध्यक्ष राणाले नेपाल र सिसेल्सबीच पर्यटन, मत्स्य पालन लगायत अन्य व्यवसायिक क्षेत्रमा लगानीको ठूलो सम्भाव्यता रहेको बताइन्। । अध्यक्ष राणाले बदलिंदो विश्व परिपे्रक्ष्यमा नविनतम उपायद्धारा दुई देश बीच पर्यटन क्षेत्रका सम्भाब्यता उजागर गर्न सकिनेमा जोड दिएकी थिईन्।
विकासमा सिसेल्सले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै उनले आर्थिक विकासमा भर्खर अगाडि बढेको नेपालका लागि सिसेल्सको प्रगति अनुकरणीय हुन सक्ने बताईन्।
सो भेटवार्तामा राजदूत फिलिप्पी लिले नेपाली निजी क्षेत्रसँग भेटवार्ता गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए। नेपाल र सिसेल्स बीच निजी क्षेत्रका प्रतिनिधि संस्थाका माध्यमबाट आपसी सम्बन्ध विस्तार गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्दै सिसेल्स चेम्बर अफ कमर्स र एफएनसीसीआईका माध्यमबाट संयुक्त रूपमा आर्थिक गतिविधि विस्तारमा सहकार्य गर्न सकिनेमा जोड दिए। यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने विश्वास दिलाए।
FACEBOOK COMMENTS