चुनाव घोषणसंगै महासंघको अबको बाटो के हुन्छ ?
चैतको १० गते पछि एकाएक उद्योग वाणिज्य महासंघले ठुलो चुनौती सामना गर्नुपर्यो । कोभिड -१९ का कारण संसार भर सन्त्रास छाएको अवस्थामा शुरुवाती दिनहरुमा महासंघलाई कसरी चलाउने भन्दा पनि कसरी सबै जना मिलेर महामारीको चुनौतिलाई सामाना गर्ने र राहत प्रदान गर्ने भन्ने थियो । यसै सिलसिलामा महासंघले नेपाल सरकार र जिल्ला उद्योग वाणिज्य संघ मार्फत देशै भरि राहत वितरण गर्यो । यद्यपी नेपाल भित्र, छिमेकी मुलुक भारत र विश्वका अधिकान्श देशहरुमा कोभिडको संक्रमण बढदै गए पछि सरकारले लकडाउनलाई जारी राख्यो । ततपस्चात देशमा आर्थिक गतिविधी ठप्प प्राय रहन पुग्यो । यस पस्चात महासंघले राहत वितरणको कार्य भन्दा पनि व्यवसायिक वातावरणका लागि लगडाउनलाई खुकुलो पार्न आग्रह गर्न थाल्यो । लकडाउन यथावत रहेको स्थितीमा कोरोनाबाट भन्दा पनि मनो- सामाजिक समस्याका कारण आत्महत्या गर्नेको संख्या बढेको देखियो । यस प्रिस्ठभुमीमा अबको महत्वपूर्ण सवाल भनेको कोभिडसंग डराएर मात्र हुदैन अव मानव सभ्यता योसंगै वाच्नु पर्छ भन्ने बिश्वब्यापी मान्यतालाई हामीले पनि अनुसरण गर्नुपर्छ भन्ने बोध गर्यौ । कडाईका साथ लकडाउनलाई निरन्तरता दिदै जाँदा ठुलो संकट आईपर्ने देखेरै हामीले सरकारलाई दवाव दियौ । अहिले केहीहद खुकुलो भा’को छ । हामीले पनि आर्थिक कृयाकलापलाई सुचारु गर्ने भएपछी यसैको यौटा अभिन्न अंग भएकोले महासंघको गति विधिहरु बढाउनुपर्छ भन्ने निस्कर्सको साथ साउनको २६ र २७ साधरण सभा गर्ने घोसणा गरेका हौं ।
तर सरकारले २५ जना भन्दा ज्यादा भेला, सभा, सेमिनारलाई नगर्ने भनेको छ नी ?
हो सरकारले भनेको छ । तर, यो विना तैयारी हुलहुज्जत नगर्नलाई यो प्राबधान राखिएको हो । यो जरुरी पनि छ । तर सबै तैयारी साथ सुरक्षीत तबरले गर्ने भनेपछि त्यसमा ब्यवधान आउदैन । र यसको तैयारी पनी हामी गर्छौ ।
कोभिडका लागि महासंघले काम गर्न नसकेको भन्ने आरोप छ नी ?
यो गलत बुझाई हो । महासंघ भनेको टेकुको महासंघ मात्र हैन । जिल्ला नगर , बस्तुगत संघहरु पनि यसको अंग हो । त्यस्तै एसोसियट तिर भएका कम्पनीहरु सबै परिचालित भएर निजी क्षेत्रले यसमा काम गरेको छ । त्यसैले त्यस कुरा निराधार छ ।
महासंघमा यस्तो बिषम परिस्थीतिमा पनि विवाद किन आयो ?
महासंघमा धमिलो पानीमा माछा मार्ने प्रबित्ती भएका मानिसहरु धेरैनै छन् । मैले महासंघमा रहेर १२ वर्ष बिताएको छु र मैले देखेको यहाँ ब्यक्तिगत स्वार्थका लगि लागिरहने प्रवित्ती हावी छ । यसलाई हामी सबैले त्याग्नुपर्छ । यसरी महासंघलाई डोर्याउने हो भने विवादहरु त्यसै मथ्थर भएर जान्छ ।
अब आगामी कार्यकालको चुनावका लागि तपाईहरुको टिम फाईनल भएको हो ?
अल्मोस्ट हाम्रोबाट टिम फाईनल नै छ । शेखर गोल्छा जी स्वत: अध्यक्ष हुनुहुने भयो । त्यस्तै चन्द्र जी बरिष्ठमा, गुणनीधि जी जिल्लामा, एसोसियट तर्फ रामचन्द्र संघाई लड्दै हुनुहुन्छ साथ साथै बस्तुगतमा म आफै रिपिट गदै छु । सदस्यहरुमा पनि ८० प्रतिशत फाईनल भैसकेको छ ।यसले चुनावी माहौल बनाएको छ । त्यस्तै, २०–३० प्रतिशत पछी फाईनल गर्छौ ।
यो परिस्थीतिमा निर्विरोध उमेदवार चयन गर्न सकिन्न ?
यो पहल हाम्रो अग्रजहरुबाट हुनपर्ने हो । तर, उहाँहरु आफै डीभाईड हुनुहुन्छ । र अर्को कुरा चुनाव भएर फाटो आउने हैन यो ब्यवसायीक हकहितको संस्था भएकोले भोटिङ सकिए पछि एकजुट हुनपर्छ । यही चुनावको तुषले गर्दा खेरी महासंघ एक चोटी टुक्रीएको पनि छ । त्यसैले मतभेद हुनु यौटा कुरा हो । मनभेद हुनु भएन । अर्को कुरा चुनाव भनेको राम्रो ब्यक्तीलाई छान्ने प्रक्रिया हो । हामीले यसलाई किन रोक्ने । सक्षम नेतृत्व आशिर्वाद पाएर आउन पक्कै सक्दैन । यसको लागी चुनाव नै एकमात्र विकल्प हो । त्यसैले चुनावसंग हामी किन डराउने ।
FACEBOOK COMMENTS