![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघ–सार्क उवासंघको प्रतिनिधिमण्डलले आज नेपालका लागि चीनका राजदूत यू होङसमक्ष चिनिया“ राजदुतावासमा औपचारिक भेटवार्ता गरेको छ ।
प्रतिनिधिमण्डलका नेता ढकालले आगामी असोज १ गते चीनको छेङदुमा, छेङदु एसोसिएसन फर फोरेन ट्रेड एण्ड इकोनोमिक कोअपरेसनले आयोजना गर्ने दक्षिण एशिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद र असोज २ गते अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद सिचुवान काउन्सिले सिचुवानमा आयोजना गर्न लागेको नवौ चीन–दक्षिण एशिया व्यवसायिक प्रवद्र्धन सम्बन्धी राउण्ड टेवल कार्यक्रममा नेपालको तर्फबाट हुन लागेको सहभागिताका विषयमा राजदुत समक्ष जानकारी हुन् ।
ती दुवै कार्यक्रम नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको र नेपालबाट उर्जा, पूर्वाधार निर्माण, कृषि,सूचना प्रविधि,औषधि, बैंक, विमा तथा वित्त, शिक्षा, स्वास्थ्य, पर्यटन, होटल लगायत महत्वपूर्ण क्षेत्रको प्रतिनिधित्व हुने भएकाले कार्यक्रमका क्रममा यी क्षेत्रमा नेपालमा संयुक्त लगानी आउन सक्ने र म्याच मेकिङको पनि राम्रो सम्भावना रहेको उनले जानकारी गराए ।
ढकालको नेतृत्वमा महासंघका उपाध्यक्षहरू किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल सहितको १६ सदस्यीय महासंघ–सार्क उवासंघ प्रतिनिधिमण्डल आगामी आइतवार छेङदु प्रस्थान गर्दैछ ।
FACEBOOK COMMENTS