![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं – हरितालिका तिजका अवसरमा राजधानीको जमलमा नेपाली हस्तकला सामग्री तथा परिकारको प्रदर्शनी मेला आयोजना गरिएको छ ।
एक दिन मात्र दर खाने परम्परा तोड्दै सहर बजारमा एक महिनादेखि नै दरखाने भड्किलो र खर्चिलो तिज मनाउने परम्परा बढ्दै गएका बेला महिला उद्यमीको अगुवाइमा रचनात्मक प्रदर्शनी आयोजना गरिएको हो ।
नेपाल वुमन च्याम्बरले आयोजना गरेको मेलाको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाथा थापाले उदघाटन गरेकी थिईन् ।
प्रदर्शनीमा नेपाली खाडी, अल्लो र ढाकाबाट उत्पादित कपडा, बाँस तथा निंगालोबाट निर्मित हस्तकलाका सामग्री, ऋंगार सामग्री, ज्वेलरी र नेवारी खानाका विभिन्न परिकारका स्टल थिए ।
यस्तै प्रदर्शनीमा जौ र फापरबाट उत्पादित खानेकुरा, अर्गानिक चिया, टिमुर र खुर्सानीका अचार राखिएका थिए ।
ती सबै महिला उद्यमीबाट सञ्चालित उद्योगका उत्पादन भएको वुमन च्याम्बरकी कार्यकारी समिति सदस्य तथा व्यापार समिति संयोजक लीमा अधिकारीले जानकारी दिइन् ।
FACEBOOK COMMENTS