काठमाडौं, मंसिर २८ – अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने महिला टी-ट्वान्टी क्रिकेट विश्वकपको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । आईसीसीले महिला टी-ट्वान्टी विश्वकपको लागि छनोट प्रक्रिया र तालिका सार्वजनिक गरेको हो ।
सन् २०२३ को टी-ट्वान्टी विश्वकप खेल्न नेपालले दुई छनोट पार गर्नु पर्नेछ । छनोट अन्तर्गत क्षेत्रीय छनोटबाट शीर्ष टोली र ५ क्षेत्र मध्य उत्कृष्ट दोस्रो राष्ट्र ग्लोबल छनोटमा जाने छन् । ती ६ राष्ट्रले सन् २०१९ को विश्वकप खेलेका राष्ट्रको आईसीसी वरियताको पुछारमा रहेको दुई टोलीसँग खेल्ने छन् ।
सन् २०२२ मा हुने छनोटमा शीर्ष दुई टिमले आईसीसी महिमा टी-ट्वान्टी विश्वकपका लागि छनोट हुने छन् । नेपालले छनोट अन्तर्गत समुह एकमा आगामी सेप्टेम्बरमा खेल्ने तालिका रहेको छ ।
विश्वकपमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
FACEBOOK COMMENTS