काठमाण्डौँ — वित्तीय सुशासन कायम गर्न लागि परेको सरकारले माघ महिनामा मात्र आठ अर्ब ४१ करोड गैर बजेट निकासा गरेको छ।
अर्थ मन्त्रालयले माघ महिनामा विभिन्न मन्त्रालयका लागि आर्थिक सहायता, प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत र एउटा शीर्षकमा छुट्टिएको रकम अन्यत्र रकमान्तर गरेको छ।
माघ महिनामा सरकारले प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत र आर्थिक सहायतामा एक करोड ६१ लाख सकेको छ।
त्यस्तै दक्षिण एशिया पर्यटन पूर्वाधार तथा विकास आयोजना मुआब्जा वितरणका लागि सेयरमा लगानी गर्न दुई पटक गरी चार अर्ब रुपैयाँ रकमान्तर भएको छ।
पुष्पलाल राजमार्ग तथा मध्यपहाडी राजमार्ग निर्माणको लागि दुई अर्ब रकम रकमान्तर गरिएको छ।
— नागरीक
FACEBOOK COMMENTS