काठमाडाैं, माघ २२ – माछापुच्छ्रे क्रिकेट एकेडेमीले अर्को महिना बक्स क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता फागुन १ गतेबाट सुरु हुनेछ । सफ्ट बलबाट हुने प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
बक्स क्रिकेटका केहि नियम भने फरक रहेको बताइएको छ । जसमा स्टे«ट प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने छैन् । अन्य क्षेत्रमा गएको छक्कालाई आउटमा गनिने छ । एउटा टोलीबाट ७ खेलाडीले खेल्नेछन् ।
लेखनाथ–२७ स्थित माछापुच्छ्रे क्रिकेट एकेडेमीमा प्रतियोगिता फागुन ४ गते सम्म संचालन हुने एकेडेमीका संचालक अरुण पौडेलले जानकारी दिए । पौडेलले लेखनाथमा क्रिकेट लोकप्रिय रहकोले ग्रासरुट लेभलबाट खेलाडी उत्पादन गर्न एकेडेमी संचालनमा ल्याउने तयारी गरेको जानकारी दिए ।
गण्डकी प्रदेशसभा भवन रहेको स्थानमा रहेको एकेडेमीले लेखनाथमा नयाँ एकेडेमी संचालनमा ल्याउन लागेको हो । एकेडेमीको उद्घाटन र प्रतियोगिता एकसाथ सञ्चालनमा ल्याइने संचालक पौडेल बताए । ले जानकारी दिए ।
गण्डकी प्रदेशका खेलाडी एवम् एकेडेमीका प्रशिक्षक दीपेश खत्रीले नेपालमा विस्फोटक ब्याट्सम्यान र ग्राउन्ड प्लेयरको कमि रहेको बताए । ‘नेपालमा विस्फोटक ब्याट्सम्यानको कमि छ । खेलाडीहरुले छक्का चौका पाए हान्ने कि त डट हुने देखिन्छ । प्रशिक्षक समेत राम्रो छैन् । हामीले विस्फोटक ब्याट्म्यान र ग्राउन्ड प्लेयर उत्पादन गर्न चाहान्छौ । जस्को लागि बक्स क्रिकेट निकै आवस्क छ’ उनले भने ।
बक्स क्रिकेट सानो क्षेत्रमा खेलिने खेल हुदाँ र केहि नियम फरक हुने हुदाँ खेलाडीले ग्राउन्ड खेल खेल्न सक्ने उनले बताए । खत्रीले भने ‘नेपाली क्रिकेटरहरुले ग्राउन्ड खेल खेल्न सक्दैनन् । हाम्रोमा त्यो सोच नै भएन । हामीले सोहि अनुरुप खेलाडी उत्पादनको लागि प्रतियोगिता गर्न लागेका हौँ । राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य हाम्रो हो ।’
खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले लेखनाथले खेलकुदमा भुमिका खोज्दै छ भन्ने प्रमाणित गरेको बताए । कास्कीमा धेरै एकेडेमी खोलेपनि निरन्तरता नपाएको स्मरण गर्दै उनले भने, ‘संचालनमा आउन लागेको एकेडेमी निरन्तर संचालन गर्नुस् भन्ने शुभकामना दिन्छु । एकेडेमी सञ्चालन गर्न आर्थिक भार हुने हुदाँ खेलाडी उत्पादनमा समेत समस्या आउन सक्छ । त्यसमा ध्यान दिनुहोला ।’
प्रतियोगिताका लागि हालसम्म १२ टोलीको सहभागित निश्चित भएको बताइएको छ । झन्डै डेढ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेता टोलीलेले उपाधिसहित ३२ हजार र दोस्रो हुने टोलीले १६ हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
FACEBOOK COMMENTS