काठमाडौं, कार्तिक १४- २१६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको लागि लगानी जुटेको छ ।
विदेशका विभिन्न बैंकले झण्डै ५१ अर्ब रुपैयाँ लगानी गर्ने आयोजनामा शुक्रबार हस्ताक्षर हुने आयोजनाको प्रबर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ ।
हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन र अर्थमन्त्री डा। युवराज खतिवडालाई बोलाइएको कम्पनीले जनाएको छ । आयोजनामा अन्तर्राष्ट्रिय मुद्रा कोष एसियाली विकास बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक कोरियन एक्जिम बैंक यूके डेभलपमेन्ट बैंक लगायतले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । वित्तीय सम्झौता भएको ५ वर्षपछि अर्थात २०८० सालको चैत महिनाभित्र आयोजना सम्पन्न हुने पनि नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ । आयोजनाको लागत झण्डै ६५ अर्ब रुपियाँ हुने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS