![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य आगामी असोजदेखि सुरु हुने भएको छ।
वर्षाका कारण असारबाट निर्माण कार्य रोकिएको ६.४२ मेगावट क्षमताको आयोजनाको निर्माण कार्य असोज पहिलो सातादेखि सुरु हुनेछ ।
८५ प्रतिशत निर्माण कार्य भइसकेको आयोजनामा सामग्री सर्भि्सिङ गर्नुपर्ने बेला भएको छ।
धुन्चे–स्याफ्रु सडक मर्मत नसकिँदासम्म सामग्री तथा प्राविधिक लैजान नसकिने भएकाले तत्काल काम सुरु गर्न नसकिने आयोजनाले जनाएको छ ।
आउँदो असोजबाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो ।
असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेपछि दोस्रो पटक म्याद थप गरिएको आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले बताए ।
— नागरीक
FACEBOOK COMMENTS