काठमाण्डौँ — रसुवाको उत्तरगया गाउँपालिका–१ मा निर्माण हुन लागेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य दसैंपछि सुरु हुने भएको छ ।
आयोजना निर्माणका लागि अहिले आयोजनास्थलसम्म सडक खन्ने काम भइरहेको छ ।
त्रिशुली खोला र मैलुङ खोलाको दोभानदेखि रहरे खर्कसम्म सडक निर्माण भइरहेको आयोजनाले जनाएको छ ।
आयोजना स्थलमा जानका लागि ७ किलोमिटर सडक खन्नुपर्ने आयोजनाका इन्जिनियर किशोर गौतमले बताए।
सिभिलको काम सुरु भएको करिब १० महिनापछि हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम सुरु हुनेछ।
आयोजनाले दिएको जानकारी अनुसार एक हजार आठ सय ५५ मिटर मुुख्य सुरुङ निर्माण हुनेछ ।
सिभिलतर्फको काम २०७७ असारभित्र सम्पन्न हुने बताइएको छ ।
१४.३ मेगावाट क्षमताको आयोजनाले २०७८असारमा विद्युत् उत्पादन सुरु गर्नेछ।
उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको थ्रिबी हवमा जोडिनेछ ।
त्यहाँसम्म आयोजना आफैंले प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ ।
थ्रिबी हबसम्म आयोजनाले करिब १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्ने उनले बताए।
२०७२ साउन १ गते निर्माण सम्पन्न गर्ने गरी मोनलियाले प्रक्रिया अघि बढाएको थियो ।
— नागरीक
FACEBOOK COMMENTS