काठमाडौं, २६ मंसिर – बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले सर्कसको आयोजनागर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी राउन्ड टेबलले बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएकाहरुको संस्था ‘सर्कस काठमाडौं’ सँगको समन्वयमाआउँदो शनिबार ‘जीन्दगीको उडान’ नामदिइएको सर्कस देखाउने जानकारी गराएको छ । कार्यक्रम २८ मंसिरको अपरान्ह साँढे तीन देखि साँढे पाँच बजेसम्महुने जनाइएको छ ।
‘राउण्ड टेबल १२’ काअध्यक्ष सज्जनअग्रवालले सर्कसमा सहभागीहरु विगतमामानव तस्करीमा परेर उद्धार भई आएकाहरु हुने बताए । कार्यक्रममा ४७० विपन्न र आश्रित बालबालिकाहरु सहभागीहुने बताए । राउन्ड टेबुलको संयोजनमा प्रस्तुतहुने सर्कसबाट संकलित रकमबालिबालिकाको हितमाखर्च हुने ‘राउण्ड टेबल २५’ काअध्यक्ष साहिलअग्रवालले जानकारी गराए ।
राउण्ड टेबलले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणलगायतका क्षेत्रमा टेवापुग्ने कार्य गर्दै आएकोमाबाल्यावस्थामा पीडामा परेकाहरुलाई सहभागी गराई बालहितमा सर्कस आयोजनागर्न लागेको अग्रवालले बताए । उनले भने, ‘संकलित रकमबालबालिकाको हितमाखर्च गरिनेछ ।’ मानव तस्करीबाट निस्किएका बालबालिकाहरुद्धारा जागरुकताअभियानचलाउने र मानव तस्करीबाट बच्न सचेतनाकार्यक्रमचलाउने बताए । कार्यक्रममा राउण्ड टेबलले सामाजिक परियोजनाबारे भिडियो प्रदर्शन गरिएको थियो । बालबालिकाको शिक्षाका क्षेत्रमागरिएको कार्यक्रम भिडियोमा समावेश गरिएको छ ।
के हो राउण्ड टेबल
राउण्ड टेबल नेपाल एक गैर सरकारी संस्थाहो । जसले केहिीदशक देखि सामुदायिकविकासको लागिविधालयनिर्माण, सम्भार, विधार्थाीलाई विविधकिसिमका सहयोग जस्तै भूकम्प, बाढी, हावाहुरी लगायतविधिप्रकृतिकविपदहरुमा सक्रिय सहयोग, विशाल रक्तदानकार्यक्रम, वृक्षरोपण तथाविविध ज्ञानका विषयहरु प्रसारण गरी समाजमा सहयोग गर्दै आएको छ । यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण संस्थानमा ईच्छुक युवा पुस्ताहरुले आफ्नो व्यक्तिगततथाव्यवसायिक रुपमाउन्नतीगर्ने मौकाप्राप्तगर्दछन् ।
राउण्ड टेबलको मुलधार शिक्षाबाट स्वतन्त्रतालाई आफ्नो नारा नेपालकाविभिन्नजिल्लाहरुमा रहेको ४७ बटा विधालयहरुको विद्यार्थाीहरुकालागितीन सय २२ वटा कक्षाकोठाहरु निर्माण गरी सहयोग छ । जसबाट बीस हजार भन्दा बढी विद्यार्थीहरु लाभांवीतभएको छ ।
सन् १९९९ मा स्थापनाभएको राउण्ड टेबल नेपालअन्तर्गत देशकाविभिन्न स्थानहरुमायुवाहरुको स्वंय स्वेच्छीक योगदानबाट २८ वटा टेबल क्लब हरु स्थापना गरी हालसम्मनिरन्तर रुपमाआर्थिक तथा सामाजिक रुपमाविपन्नविविध समुदायहरुलाई सहयोग गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS