![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसारअरु मुलुकहरुको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल यस पटक १ सय ४९ औं स्थानमा छ।
१ सय ८९ मुलुकमध्ये सन् २०१६ मा १ सय ४८ स्थानमा थियो ।
मानव विकास सूचकांक ० दशमलब ५७४ छ ।
सन् २०१६ मा नेपालको मानव विकास सूचकांक ० दशमलब ५६९ रहेको थियो ।
यो आधरमा नेपालले मानव विकास सूचकांकमा प्रगति भएको देखिन्छ।
यूएनडीपीले मुख्य गरी औसत आयु, शैक्षिक स्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचकहरुका आधारमा मानव विकास सूचकांक निकाल्ने गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS