बिष्णु गौतम
तनहुँ, ०७ पौष -तनहुँको व्यास नगरपालिका ५ स्थित पर्यटकिय स्थल मानहुँकोटमा दैनिक सयौं पर्यटकहरुको भिड लाग्ने गरेको छ । टिकटक, फेसबुक, टुइटर, युटुबबाट भाइरल भएको मानुङकोटमा दैनिक पर्यटकको भिड लाग्ने गरेको हो । व्यास नगरपालिकाले मानुङकोटमा पर्यटकहरुको घुइचो लाग्ने गरेको जनाएको छ । मानुङकोटबाट सूर्योदय र सूर्यास्त भएको दृश्य हेर्न देशभरबाट आन्तरिक पर्यटकहरु ओइरिएका हुन । त्यहाँबाट देखिने हिम श्रृंखला, दमौली बजारै ढाक्ने गरी बिहान पख लाग्ने कुहिरो, हरियाली डाँडाकाँडा, समथल भुभाग, नागबेली परेर बगेको मादी र सेती नदी, टार, बेसी र मगर जातिका घरहरुले पर्यटकहरुको ध्यान खिच्ने गरेको बताइएको छ ।
व्यास नगरपालिका वडा नं. ५ का अध्यक्ष एवं व्यास नपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले मानुङकोट अवलोकन गर्ने पर्यटकहरुको संख्या बढ्दै गएको बताए । ‘दैनिक सयौ पर्यटक आउछन’ उनले भने । पर्यटकहरुलाई ध्यानमा राखी भौतिक संरचनाहरु निर्माणका कामहरु तिब्र रुपमा भइरहेको जानकारी उनले दिए । ‘बाटोघाटो फराकिलो बनाउने, फोहोर व्यवस्थापन गर्ने, जस्ता काम भइरहेका छन’ उनले भने । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले मानुङकोट एकाएक भाइरल भएपछि आफुहरु त्यसको विकासका लागि लागेको बताए ।
आन्तरिक पर्यटकहरु बस, जिप, कार, भ्यान समेत रिजर्ब गरेर पर्यटकहरु सनराइज हेर्न आउने गर्दछन । दैनिक पाँच सय भन्दा बढि पर्यटकहरु मानुङकोट आउने गरेको आकडा छ । तनहुँ, लमजुङ, गोर्खा, कास्की, चितवन, काठमाडौं, मकवानपुर, नवलपरासी, कन्चनपुर, झापा, रुपन्देही, कपिलवस्तु, पर्वत, म्याग्दी, बाग्लुङ, धनुषा, सर्लाही, कैलाली, धादिङ लगायतका जिल्लाबाट आन्तरिक पर्यटकहरु दृश्यावलोकन गर्न आउने गरेका छन ।
काठमाण्डौं वुढानिलकण्ठ चुनीखेलबाट मानुङकोटको अवलोकनका लागी आएका साकार श्रेष्ठले मानुङकोट अत्यन्तै रमणिय स्थल रहेको बताए । लुम्वीनी पाल्पा हुँदै विभिन्न ठाँउ अवलोकन पछि उनि सहित सात जनाको टोली मानुङकोट अवलोकनको लागी आएको हो । ‘हामी विदेशका कुरा धेरै गर्छौ स्वदेशमै यति राम्रा ठाँउहरु छन जसलाई बनाउनुपर्छ मानुङकोट पनि स्वर्गको परि जस्तै हुनेछ’ उनिसँगै आएका सञ्जय श्रेष्ठले भने ।
मानुङकोटबाट देखिने रमणीय दृश्यहरुले आन्तरिक पर्यटकहरुको ध्यान खिचेको हो । कोरोना भाइरस (कोभिड १९) को समेत प्रवाह नगरी पर्यटकहरु मानुङकोट जाने गरेका छन । मानुङकोटबाट देखिने दृश्यहरु हेर्न, टिकटक वनाउन, सेल्फी खिच्न, स्थानीय संस्कृतिमा रमाउन, हाईकिङको मज्जा लिन आन्तरिक पर्यटकहरु मानुङकोट आउने गरेको स्थानियहरु बताउँछन् ।
FACEBOOK COMMENTS