काठमाडौं, जेठ २२ – मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा ललितपुरको ग्वार्कोस्थित ओम निरमाया हेल्थकेयर प्रालिका दुई जना संचालकलाई २४० लिटर ह्याण्ड स्यानिटाइजरसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संचालकद्वय ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ घर भएका ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा रहेका छन् ।
उक्त हेल्थ केयरबाट कमसल संजिवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले दुवै जनालाई उक्त स्यानिटाइजर सहित पक्राउ गरेको हो ।
उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।
FACEBOOK COMMENTS