![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
एजेन्सी – मारुती सुजुकीले कारको मूल्य बढाउने भएको छ ।
यो महिनाबाट सबै मोडलका कार तथा जिपको भाउ बढ्ने मारुती सुजुकीले बताएको हो ।
डलरमा उतारचढाव, पेट्रोलियमको भाउलगायत अन्य लागत बढेपछि गाडीको मूल्य बढाएको मारुती सुजुकीले जनाएको छ ।
कम्पनीले कारको मूल्य बढाउन तयारी गरिरहेको जानकारी दिएको छ । “अहिले लागत वृद्धिको प्रभावका बारेमा अध्ययन गरिरहेका छौ” सुजुकी मारुती इण्डियाका कार्यकारी निर्देशक आरएस कल्सीले पीटआईलाई भने ।
हाल भारतमा मारुती अल्टो ८०० सीसी कारको मूल्य २ लाख ५१ हजार, मिडसाइज सेडान सियाजको मूल्य ११ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
लागत वृद्धिलाई कम्पनीले लामो समय थेग्न नसक्ने भएकाले गाडीको मूल्य बढाउन लागेको उनले बताए । – एजेन्सी
FACEBOOK COMMENTS