काठमाण्डौँ — नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको छ ।
बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो ।
अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ ।
त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ ।
मार्जिन कारोबार सुविधा प्रदान गर्नुअघि ब्रोकरहरुले नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई जानकारी दिनु पर्नेछ ।
यो व्यवस्था भएसँगै सेयर ब्रोकरको दायरा विस्तार हुने र लगानीकर्तालाई एकै ठाउँबाट कारोवार सम्वन्धी सेवा प्राप्त हुने तथा दोस्रो वजार कारोवारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र वजारको विकास/विस्तार हुने वोर्डको विश्वास छ ।
— कारोबार
FACEBOOK COMMENTS