काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रहरीले मास्क नलगाई हिँड्नेमाथि कारबाही सुरु गरेको छ । ललितपुर प्रहरीले बुधबार मात्र ३६ जनालाई कारबाही गरेको छ भने १६६ जनालाई सम्झाइ बुझाई गरेको छ ।
ललितपुर परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले कोरोना जोखिममा मास्क नलगाउनेलाई कारबाही सुरु गरिएको बताए । – अन्नपुर्ण देनिक
प्रहरीले मास्क नलगाउनेलाई कारबाही गरेका दृश्य,
FACEBOOK COMMENTS