काठमाण्डौँ — राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा रकम वितरण गर्न थालिएको छ ।
पहिलो चरणमा जिल्लाको साविकका तीन गाविस (दुईपिपल, रातमाटे र जिलिङ)मा मुआब्जा वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।
ती स्थानको जग्गाको मूल्य रु दुई लाख ५० हजारदेखि तीन लाख २५ हजारसम्म तोकिएको छ ।
जिप्रकाका लेखापाल रामजी लम्सालका अनुसार मुआब्जा रकम वितरण भइरहेको र हालसम्म ३५ जग्गाधनीले रु चार करोड छ लाख बुझिसकेका छन् ।
समितिले दोस्रो चरणमा साविक गेर्खु गाविसको बान्द्रेदेखि बेत्रावती हुँदै मनकामनाको नयाँ पुलबाट मैलुङसम्मको मूल्य निर्धारण गर्ने जनाएको छ ।
धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुसम्म ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनमार्फत निर्माण भइरहेको छ ।
— कारोबार
FACEBOOK COMMENTS