![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — देशकै ठूलोमध्येको नलसिंहगाड हाइड्रोपावर कम्पनीलाई बजेट अभाव भएको छ ।
सरकारले ४१० मेगावाटको यो हाइड्रोपारलाई प्राथमिकतामा नराख्दा बजेट अभाव भएको हो ।
बजेट नहुँदा मुआब्जा वितरण र विस्तृत आयोजना प्रतिवेदन (पीआर) तथा कन्स्ट्रक्सन पावरलगायत निर्माणमा ढिलाइ भएको छ ।
समयमा मुआब्जा नपाउँदा अधिग्रहणमा परेका ५ सय घरटहरा र ५ हजार ४ सय रोपनीभन्दा बढी जग्गाका जग्गाधनी अन्योलमा छन् ।
बजेट अभावमै हाइड्रोपावरको कन्स्ट्रक्सन पावरका लागि निर्माण हुने ४ मेगावाटको ताँसुगाड जलविद्युत् आयोजना पनि ३/४ वर्षदेखि अलपत्र छ ।
हाइड्रोपावरको मुआब्जा वितरणका लागि चालु आर्थिक वर्षमा ५ अर्ब बजेट माग गरेकामा डेढ करोड मात्र विनियोजन भएको प्रमुख कार्यकारी अधिकृत रामकाजी थापाले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS