काठमाडौं, कात्तिक ५ – मुक्तिनाथ क्यापिटलले ११ औं वार्षिक साधारण सभा कात्तिक २७ गने गर्ने भएको छ । साधारण सभा बिहान १०ः३० बजे टाइम्स स्क्वायर रेष्टुरेण्ट बालुवाटार, काठमाडौंमा हुने कम्पनीले बताएको छ ।
कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने रहेको छ ।
प्रबन्धपत्र र नियामावली संशोधनको क्रममा नियमनकारी निकायबाट फेरबदल थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्योजन गर्ने रहेको छ ।
साथै आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।
FACEBOOK COMMENTS