काठमाडौ, साउन ३० । मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष ०७५/०७६ सम्ममा १ अर्ब २२ करोड नाफा आर्जन गरेको छ ।
उक्त अवधिमा बैंकले ४६ अर्ब १३ करोड निक्षेप संकलन र ३७ अर्ब ९५ करोड कर्जा लगानी गरी गरेको । विकास बैंकको माझमा यस विकास बैंकको उत्साहजनक बृद्धि र उत्कृष्ठ प्रतिफल रहेको जनाएको छ ।
बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी रु २७.८४ रुपैया रहेको छ ।
गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बंैकले लक्ष्य लिएको छ ।
हाल बैंकले ११८ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको समेत बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले जानकारी दिए ।
FACEBOOK COMMENTS