काठमाडौं, माघ ८- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको खुद नाफा बढेको छ । यसअवधिमा नाफा ३०.२७% ले बढेर ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ४७ करोड २५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो । दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेको नाफा बढ्न टेवा पुगेको हो ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ५२ करोड ५५ लाख १० हजार रुपैयाँ छ । यता, बैंकको खुद ब्याज आम्दानी ५.७९% ले बढेर १ अर्ब १६ लकरोड २४ लाख ३८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ९ करोड ८७ लाख ४९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि २८.१९% ले बढेर ८६ करोड ५२ लाख १० हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष बैंकले ६७ करोड ४९ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ९५ पैसाले बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ । यता, खारब कर्जा भने ०.१९% ले बढेर ०.३०% पुगेको छ । पुस मसान्तसम्मको बेस रेट ८.३८% छ । प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४२ पैसा छ ।
FACEBOOK COMMENTS