काठमाडौं, चैत ८ – मुक्तिनाथ विकास बैंक लिमिटेडले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तरगत चैत्र ६ गतेदेखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १ सय रुपैयाँमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।
यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम वा आवेदन पनि सो समयभित्र दिइसक्निु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मिति देखि ३ महिना सम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशुल्क लिन सक्नेछन् ।
यस होली सप्ताह अफर सँगै ग्र्राहकले चाहेमा निःशुल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्नेछन् । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने बैंकले व्यवस्था गरेको छ ।
FACEBOOK COMMENTS