काठमाण्डौँ — मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले हस्ताक्षर गरे ।
उक्त सम्झौता पछि लुम्बिनी जनरल इन्स्योरेन्सले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS