काठमाडौं पुस २- मुक्तिनाथ विकास बैंक सञ्चालक समितिको अध्यक्षमा भरतराज ढकाल चयन भएका छन् । मुक्तिनाथ विकास बैंकका पुर्व कार्यकारी अधिकृत ढकाल समितिको अध्यक्षमा चयन भएका हुन् ।
हालै पोखरामा सम्पन्न बैंकको तेह्रौँ वार्षिक साधारण सभाले संस्थापक समूहबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण समूहबाट शालिग्राम मिश्र र निर्मलाकुमारी केसी कार्कीलाई सञ्चालकका रुपमा सर्वसम्मत रुपमा चयन गरिएको हो ।
देशका विकट क्षेत्र र कुनाकन्दरामा बैंकिङ सेवा पुर्याउनुपर्ने निरन्तर वकालत गर्दै आएका ढकाल बैंकको सीइओ हुँदा विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष समेत भएका थिए ।
FACEBOOK COMMENTS