काठमाडौं, जेठ २५ – कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार राती गंगागाल अस्पताल भर्ना गरिएको हो ।
शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको उनका छोरा यमन श्रेष्ठले जानकारी दिए । एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
मनदकृष्णका छोरा यमनले भने, ‘ आईतबार आइसीयूबाट डिलक्स रुपमा सारिएको छ । अहिले स्वास्थ्य अवस्था ठिक छ । मदनकृष्णको डेढ वर्ष मुटुको एन्जियोप्लास्टी गरी एउटा स्ट्यान्ड राखिएको थियो ।
मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए ।
FACEBOOK COMMENTS