नवलपुर, ०५ कार्तिक- चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारण सभा तथा पदस्थापन समारोह कार्यक्रममा नेपाल चेम्बर अफकमर्सका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेश काजी श्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले विगत ७० वर्षदेखि खेल्दै आएको भूमिकाको चर्चा गरेका छन । उनले मुलुक अब संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत बहस पैरवी , व्यापार प्रदर्शनीमा सहभागिता आदिमा संलग्न रहनु पर्ने भएकाले जिल्ला र प्रदेश स्तरमा समेत जिल्ला चेम्बर अफ कमर्सको विस्तार गरिएको बताए ।यो व्यवस्थाले स्थानीय, जिल्ला र प्रदेश स्तरमा समेत निर्णय प्रकृया सरल, प्रभावकारी र व्यवहारिक हुने अध्यक्ष श्रेष्ठले बताए ।
सो अवसरमा विशेष अतिथी संविधान सभा सदस्य कृष्ण पौेडेलले नवलपुर चेम्बरले यस क्षेत्रका उद्यमी÷व्यवसायीको समस्या समाधान गर्ने संस्थाको रुपमा कार्य गर्नेमा आफू विश्वस्त रहेको बताए ।
चेम्बर प्रदेश अध्यक्ष यदुनाथ अधिकारीले जिल्ला चेम्बरहरुले समेत अन्तराष्ट्रिय मेला प्रदर्शनीमा सहभागी हुृने अवसर प्राप्त भएमा स्थानीय वस्तुले बजार पाई व्यापार घाटा कम हुन मद्दत पुग्ने विचार व्यक्त गरे ।
सोही अवसरमा चितवन चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले नवलपुर चेम्बरले खेलेको भूमिकाको सहहना गर्दै आगमी दिनमा चूनौतीलाई अवसरको रुपमा लिई अगाडी बढ्न चेम्बर सक्षम हुने अपेक्षा रहेको बताए।
नवलपुर चेम्बर अफ कमर्सका अध्यक्ष दीपक भण्डारीको अध्यक्षतामा सम्पन्न सो सभामा सरकारी निकायका प्रतिनिधीहरु, प्रदेश चेम्बरका पदाधिकारीहरु, उद्यमी ÷व्यवसायीहरुको, उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS