काठमाडौं, फागुन १४- नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य ई. देशबन्धु बस्नेत (अजित)को सभापतित्वमा गठित द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार भएको छ। फोरमको सह–सभापतिहरूमा एनआरएनए युकेका कुल आचार्य, नेपाल इजिप्ट चेम्बर अफ कमर्स एन्ड इण्डट्रिका अनोज रिमाल र निर्यात प्रवर्धन परिषद् नेपालका हरि बहादुर कार्की छन्।
फोरमका सदस्यहरूमा नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इण्डट्रिका डा. मनिष थापा, नेपाल टर्की चेम्बर अफ कमर्स एन्ड इण्डट्रिका उमेश रायमाझी, नेपाल फिलिपिन्स चेम्बर अफ कमर्स ब्लेसी ग्याडोन ढकाल एनआरएनए यूएसएका ऋषि प्रसाद ढकाल, एनआरएनए थाइल्यान्डका खगेन्द्रराज ढकाल छन्।
फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि फोरमको अर्थपूर्ण सहयोग हुन सक्ने भन्दै यसमा लाग्न फोरमलाई सुझाव दिए । महासंघका विभिन्न समकक्षी अन्तर्राष्ट्रिय सस्थाहरुसँग विगतमा भएका सहमतीरसम्झौतालाई पुनस्ताजकी गर्न आवश्यक रहेको भन्दै फोरमले यसतर्फ पनि गम्भीर गृहकार्य गर्ने विश्वास आफूले लिएको उनले बताए ।
हाम्रा संबैकुटनीतिक च्यानलहरूसँग बलियो सम्पर्क विस्तार र विभिन्न देशका निजी क्षेत्रसँग समन्वय गरी मुलुकभित्र लगानी एवं प्रविधि आकर्षण, विकासका नयाँ नयाँ मोडलहरू समेत भित्र्याउने कार्यमा पहल गर्न उनले सुझाव दिए । महासंघले अगाडी सारेको भिजनमा मुलुकको आर्थिक वृद्धिदर दोहोरा अंकमा लैजाने र प्रत्येक वर्ष करिव ४ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न पनि बाह्य लगानी आवश्यक भएकाले यसमा सहयोग गर्न गोल्छाले फोरमलाई आग्रह गरे ।
FACEBOOK COMMENTS